कांग्रेस नेताहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन

नेपाली कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ।

बुधबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुने सबै नेताहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो।

यसअघि सोमबार बैठक बस्ने भनिएको थियो। तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरेर मात्रै बैठक बस्ने भनिएपछि आजको बैठक स्थगित गरिएको थियो।

पीसीआर परीक्षण नेगेटिभ आएका नेताहरु मात्रै बैठकमा सहभागी हुने कांग्रेसले बताएको छ। यो बैठकमा समसामयिक विषय, सत्ता समिकरण, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा केन्द्रत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?