प्रधानमन्त्री ओली र वामदेवको डिनर मिटिङ

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँ डनर मिटिङ गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।

चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?