ओली-नेपाल बीच झण्डै दुई घण्टा गोप्य वार्ता

पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो ।

काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।

भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहिले नै कुनै प्रतिक्रिया नदिने बताए । यद्यपी नेता नेपालको अनुहारमा भने केही चमक देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?