पाँच मिनेटमै कोभिड थाहा पाउने प्रविधि जापानले पत्ता लगायो

जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ ।

जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।

अब कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेटभित्रै उसको शरीरमा कोभिड–१९ पोजिटिभ भए/नभएको पत्ता लाग्ने युनिभर्सिटी अफ टोकियोले जनाएको छ । यो प्रविधिले अब जापानमा कोरोना संक्रमणको परीक्षण गर्ने समय छोटो हुँदा धेरै व्यक्ति लामो समय लाइन लाग्नुपर्ने समस्याबाट मुक्त हुनेछन् ।

जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले नयाँ प्रविधि द्रुत गतिमा अगाडि बढाइने जनाएको छ । युनिभर्सिटी अफ टोकियोका वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रूपमा नै गर्न सकिने जनाएका छन् । ‘हामी थोरै उपकरणको सहायताबाट नै संक्रमण पत्ता लगाउन सक्छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?