एमसीसीको पक्षमा कांग्रेस

मुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ ।

मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले आफूलाई एमसीसीकै पक्षमा उभ्याएको हो ।

कांग्रेसले सो विषयलाई कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत गर्न र संसदबाट छिटो पास गर्नेगरी टेबुल गर्न सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमार्फत कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।

सर्वदलीय बैठकमा काग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी तत्काल पारित गर्न आग्रह गरे । उनले एमसीसी कुनै हालतमा रोक्न नहुने बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै सरकारले एमसीसी परियोजनाको सम्झौता गरेकाले कांग्रेस एमसीसी परियोजनालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?