बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिबन्ध

क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) को प्रतियोगिता समितिले उनलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो ।

यससँगै कोम्यानले भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा टच लाइनमा बस्न पाउने छैनन् । बिहीबार राति घरेलु मैदान नोउ क्याम्पमा ग्रानडासँग २–१ ले स्तब्ध भएको खेलमा डच प्रशिक्षक कोम्यान रातो कार्ड खादै टचलाइनबाट बाहिरिएका थिए । रेफ्रीप्रति खराब व्यवहार देखाएपछि कोम्यानलाई दुई खेलको प्रतिबन्ध सुनाइएको प्रतियोगिता समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

रेफ्री पाब्लो गोन्जालेज फुर्तेसले कोम्यानलाई ६६औं मिनेटमा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । जहाँ ग्रानडाले बार्सिलोनामाथि २–१ को पूनरागमन जित हात पारेको थियो । ‘उनको अवस्थाबारे रेफ्रीले सुरुमै चेतावानी दिइसकेका थिए । तर उनले फोर्थ अफिसियलसँग पनि भनाभन गरेको रिपोर्टमा उल्लेख छ ।

खेलपछि कोम्यानले आफुले रेफ्री र फोर्थ अफिसियललाई कुनै त्यस्तो अपशब्द नबोलेको बताएका थिए । ‘मैले केही खराब भनेको छैन । मैले उसलाई अपमान गरेको छैन । यो अविश्वसनीय छ । तर यदि फोर्थ अफिसियल नायक बन्न चहान्छ भने । मैले केही टिप्पणी गरेको छु । तर मैले कुरुप शब्द प्रयोग गरेको छैन,’ कोम्यानले भने ।

कोम्यानको अनुपस्थितिमा बार्सिलोनाको टचलाई उनका सहायक प्रशिक्षक अल्फ्रेड श्रेउडरले टच लाइन सम्हाल्नेछन् । ग्रानडासँगको हारपछि उपाधि होडमा रहेको बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा तेस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोनाको ७१ अंक छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७१ अंक छ ।

बार्सिलोनाले भ्यालेन्सियासँग ३ मेमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दा एट्लेटिकोसँग घरेलु मैदानमा ८ मेमा प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?