काठमाडौं उपत्यका निषेधाज्ञा : विदेश जानेलाई एयरपाेर्टसम्म लगिदिने गाडी चल्छन्

कोरोना भाइरसको तीव्र प्रसार रोक्ने प्रयासस्वरूप काठमाडौं उपत्यकामा आज बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो। यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा गर्ने तयारी छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि निषेधाज्ञा गरिएको हो ।

निरन्तर रहने सेवाहरू :

-एम्बुलेन्स, शववाहन, दमकल ।
– सुरक्षा निकायका सवारी साधन ।
– अत्यावश्यक सागम्री बोकेका ढुवानी साधन ।
– अनुमति लिएका सवारी साधान । विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारी साधन ।
– खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म ।
– सरकारी, बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सेवाका कर्मचारी ।
– पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
– डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र १० देखि ५ बजेसम्म) ।
– खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन ।

बन्द हुने सेवा, व्यवसाय :

– होटल तथा रेस्टुरेन्ट ।
– सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) ।
– लामो तथा छोटो दूरीका सवारी साधन ।
– अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
– खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
– अत्यावश्यकबाहेकका सबै सार्वजनिक सेवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?